काठमाडौँ, २९ बैशाख । नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १८९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर १८ संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ८५७ पुगेको छ ।
आज कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन ।




