काठमाडौँ, २९ वैशाख । राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.१५ प्रतिशतले बढी हो । यस्तै, समीक्षा अवधिमा संस्थानले खुद बीमा शुल्क आम्दानी समेत ७.४३ प्रतिशतले बढाएर ७ अर्ब २७ करोड रुपैयाँ पुर्याएको छ ।
गत वर्ष यस्तो आम्दानी कम्पनीले ६ करोड ७७ लाख रुपैयाँ सङ्कलन गरेको थियो ।
यता दाबी भुक्तानी तर्फ समीक्षा अवधिमा संस्थानले ३ अर्ब १२ करोड ३८ लाख रुपैयाँ भुक्तानी दिएको छ । जीवन बीमा कोषतर्फ ३२ अर्ब ४४ करोड रुपैयाँबाट बढोत्तरी गरेर ३९ अर्ब ९९ लाख रुपैयाँ पुर्याएको कम्पनीको तेस्रो त्रैमाससम्मको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ पुगेको छ ।




