मुस्लिम आयोगका अध्यक्ष अन्सारी पैसा बाँडेको आरोपमा पक्राउ

`

     २०७९ वैशाख २९ गते १२:३०

काठमाडौँ, २९ वैशाख । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी स्थानीय चुनावमा पैसा बाँडेको आरोपमा पक्राउ परेका छन् । जनकपुरधामस्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनलाई जिल्ला प्रहरी कार्यलयका डीएसपी प्रदीपबहादुर क्षेत्रीको टोलीले अन्सारीलाई पक्राउ गरेको छ ।

प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?