नेप्सेमा १२.२७ अङ्कको वृद्धि

`

     २०७९ वैशाख २६ गते ३:३४

काठमाडौँ, बैशाख २६ । आज सेयर बजार नेप्से दोहोरो अंकले वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक १२.२७ अंकले बढेर २२६८.८४ अङ्कमा पुगेर बन्द भएको छ ।

नेप्सेमा आज ३३ लाख २४ हजार ८२२ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३९ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार एकमात्र कम्पनी जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १६७.२० रुपैयाँ बढेर १८ सय ३९.८० रुपैयाँ पुगेको छ ।

त्यस्तै आज हिमालय उर्जा विकासको शेयर मुल्य सबैभन्दा बढी ३.७८ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?