काठमाडौँ, २६ वैशाख । भन्सार विभागको अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा नेपालबाट ११ करोड ६३ लाख रुपैयाँ बराबरको चिउरा निर्यात भएको छ ।
नेपालबाट १० वटा मुलुकमा चिउरा निर्यात हुँदै आएको छ । चालू वर्षको ९ महिने अवधिमा जापान, अष्ट्रेलिया, बेल्जियम, हङकङ, भारत, इटाली, दक्षिण कोरिया, बेलायत र अमेरिकामा चिउरा निर्यात भएको हो ।
यहि अवधिमा विदेशबाट ४९ लाख ९२ हजार रुपैयाँको चिउरा आयात भएको छ । १ लाख २० हजार किलोग्राम बराबरको उक्त चिउरा आयात भएको जनाइएको छ ।




