केपी ओली प्रजातन्त्रको खिलाफमा हिँडेको प्रधानमन्त्री देउवाको आरोप

`

     २०७९ वैशाख २५ गते २:३५

काठमाडौँ, २५ वैशाख । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी ओली प्रजातन्त्रको खिलापमा रहेको अरोप लगाएका छन्।

पोखरामा आज आयोजित सभामा उनले भने, ‘ओलीजी प्रजातन्त्रको पक्षमा हुनुहुन्न, खिलापमा छ।’ ओलीको आतङ्की शासन हटाउन गठबन्धन बनेको देउवाले बताए।

‘विपक्षी पार्टीले संसदमा विरोध गर्न पाउँछ नि, हामीले विरोध गरेका थियौं, त्यही विरोध सहन नसकेर भंग गरिदिए,’ देउवाले भने, ‘ओलीजी संसदीय व्यवस्थाको पक्षमा पनि हुनुहुन्न।’

संविधानअनुसार भंग गर्नै नमिल्ने भएकाले आफूहरु अदालत गएर संसद फिर्ता ल्याएको देउवाले बताए।

गठबन्धन विरोधी काम नगर्न आग्रह गर्दै देउवाले विरोधमा जानेलाई कारबाही गर्ने चेतावनी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?