‘आइएमई पे’ र गोल्डस्टारवीच सम्झौता, गोल्डस्टार जुत्तामा ३०% देखि ३०० रुपैयाँसम्म छुट

`

     २०७९ वैशाख २३ गते १:०९

काठमाडौँ, २३ बैशाख । ‘आइएमई पे’ र गोल्डस्टारवीच सम्झौता भएको छ ।

सम्झौताअनुसार सबैभन्दा किफायती, टिकाउ र सुपर स्टाइलिश गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आइएमई पे मार्फत भुक्तानी गर्दा ३० प्रतिशत देखि रू ३०० सम्मको छुटको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

सम्झौता पत्रमा आइएमई पे को तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमानसिँह बस्नेत र गोल्डस्टारको तर्फबाट ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरेका छन् ।

उक्त योजनाको बारेमा बोल्दै आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले आइएमई पे र गोल्डस्टारवीचको सम्झौताले आफूहरु निकै उत्साहित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?