नेपाल भारत सीमाबाट ब्राउन सुगरसहित दुई पक्राउ

`

     २०७९ वैशाख २२ गते ६:०५

काठमाडौँ, २२ वैशाख । नेपाल भारत सीमा क्षेत्र जमुनाहाबाट दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार दिउँसो भारतमा आउँदै गरेका एक महिला र एक पुरुषलाई छ ग्राम ब्राउन सुगरसहित सीमा क्षेत्र जुमनाहाबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका ३ का २३ वर्षीय कृष्णप्रसाद रेग्मी र दैलेखको नारायण नगरपालिका ९ बस्ने २४ वर्षीय दिपिका पुन मगरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख मिनबहादुर बिष्टले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय जुमनाहाबाट खटिएको टोली र लागु औषध नियन्त्रण व्यूरोको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?