थप १७ जनामा कोरोना सङ्क्रमण

`

     २०७९ वैशाख २२ गते ४:२१

काठमाडौँ, २२ वैशाख । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जना निको भएका छ । ९ लाख ६६ हजार ७३० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९७ पुगेको छ ।

आज कोरोनाबाट कसैको मृत्यु भएको छैन भने नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?