सेवाग्राहीलाई अभद्र व्यवहार गरेको आरोपमा १० पक्राउ

`

     २०७९ वैशाख २१ गते ३:४६

काठमाडौँ, २१ बैशाख । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई दुख दिएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

सेवाग्राहीको काममा अवरोध पुर्‍याउने, अभद्र व्यवहार गरेको भन्दै प्रहरीले १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।

उनीहरूलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?