advertisement

उपत्यकाबाहिरका स्थानीय तहमा सो दिवस मनाउन जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा जिल्ला सदरमुकाममा जिल्लाका सबै स्थानीय तह, सरकारी कार्यालय प्रमुखको उपस्थितिमा सरसफाइ, प्रभातफेरी र साहित्यिक कार्यक्रम गर्न भनिएको छ। यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

" /> प्रजातन्त्र दिवस मनाउन स्थानीय तहलाई पत्राचार - Sarbocha Media

प्रजातन्त्र दिवस मनाउन स्थानीय तहलाई पत्राचार

`

     २०७६ फाल्गुन ०६ गते ४:३४

काठमाडौं, ६ फागुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भोलि फागुन ७ गते राष्टिझय प्रजातन्त्र दिवस मनाउन देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ।

स्थानीय तहले निर्वाह गर्नुपर्ने भूमिकासमेत उल्लेख गरी पत्राचार गरिएको हो। प्रजातन्त्र दिवस मनाउने सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृह मन्त्रालयमा बसेको बैठकद्वारा पारित कार्यविधिलाई आधार बनाई पत्राचार गरिएको उक्त मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाका अधिकृत कृष्णहरि न्यौपानेले जानकारी दिनुभयो।

उक्त पत्राचारमा उपत्यकाभित्रका नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई आआफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्टिझय झन्डा फहराउन, विभिन्न स्थानमा ब्यानर प्रदर्शन र सरसफाइ गर्न स्थानीय तहलाई निर्देशन दिइएको छ।

advertisement

उपत्यकाबाहिरका स्थानीय तहमा सो दिवस मनाउन जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा जिल्ला सदरमुकाममा जिल्लाका सबै स्थानीय तह, सरकारी कार्यालय प्रमुखको उपस्थितिमा सरसफाइ, प्रभातफेरी र साहित्यिक कार्यक्रम गर्न भनिएको छ। यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?