काठमाडौँ, बैशाख १५ । सरकारले जेठ १ गतेदेखि लागु हुने गरी साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णयले सेवाग्राहीको बढी भीडभाड हुने कर कार्यालय, मालपोत नापी, यातायात कार्यालयहरूमा झन् भीड बढ्ने भएको छ ।
इन्धनको खर्च घटाउने उद्देश्यसहित दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति कर्मचारी पनि असन्तुष्ट बनेका छन् । सरकारको यस निर्णयबाट १ लाख २५ हजार निजामती कर्मचारीलाइ आफ्नो दैनिक जिबन गुजारा गर्न कठिन हुने गुनासोहरु आइरहेको छ ।
गरिब मुलुकमध्ये बढी बिदा दिने मुलुकमा नेपाल रहेको छ । सरकारले जेठ १ गतेदेखि परीक्षणका रूपमा लागु हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विकसित देशहरूमा दुई दिन सार्वजनिक बिदा दिने प्रचलन रहेको छ ।
तत्कालीन सरकारले २०५६ सालमा पनि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, उक्त निर्णय एक वर्ष पनि टिकेन ।




