७ जना जुवाडे पक्राउ

`

     २०७९ वैशाख ११ गते १२:४४

काठमाडौँ, ११ बैशाख । काठमाडौं महानगरपालिका–६ सरस्वतीनगरस्थित होटलमा जुवा खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ओखलढुङगाको चम्पादेबी गाउँपालिका–८ घर भएका ४४ वर्षीय भीमबहादुर गुरुङले सञ्चालन गरेको होटलमा जुवा खेलिरहेका ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले होटल सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ । जुवा खालबाट ४७ हजार १ सय १० रूपैयाँ नगद बरामद गरिएको परिसर काठमाडौंले जनाएको छ । घटनाबारे प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?