काठमाडौँ, ७ बैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि काममा फर्किएका छन्।
सर्वोच्च अदालतले अधिकारीलाई निलम्बन गर्ने मन्त्रिपरिषद्को चैत २४ को निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलबार आदेश दिएपछि अधिकारी बुधबारदेखि फेरि काममा फर्किएका हुन्।
अधिकारीको निलम्बनका विषयमा छलफल गर्न सर्वोच्चले वैशाख १३ गते दुबै पक्षलाई बोलाएको छ।




