सांघाईमा प्रत्येक दिन कोरोना सङ्क्रमण बढ्दै

`

     २०७९ वैशाख ०७ गते १०:०३

एजेन्सि, ७ बैशाख । चीनको सांघाईमा कोभिडबाट बुधबार थप सात जनाको मृत्यु भएको छ । योसँगै सांघाईमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।

तीव्र रूपमा फैलिएको ओमिक्रोन भाइरसका कारण साढे दुई करोड जनसङ्ख्या भएको सांघाईमा सङ्क्रमितको सङ्ख्या दिनहुँ बढिरहेको छ । महामारीसँग जुध्न सरकारले कडा प्रतिबन्ध र सामूहिक परीक्षणको दायर बढाएको छ ।

‘अस्पताल भर्ना भएपछि बिरामीहरू गम्भीर अवस्थामा पुगेका थिए । मृत्युको मुख्य कारण दीर्घकालीन रोग हो’, सांघाई सरकारले एक विज्ञप्तिमा भनेको छ । यसैबीच, सांघाईमा बुधबार थप १८ हजार नयाँ सङ्क्रमित भेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?