नेप्सेमा १३.३७ अङ्कको वृद्धि

`

     २०७९ वैशाख ०६ गते ३:५४

काठमाडौँ, बैशाख ६ । साताको कारोबारको तेस्रो दिन नेप्से १३.३७ अंकले बढेर २३५७.२४ विन्दुमा पुगेको छ ।

आज २२९ कम्पनीको २७ हजार ८४१ कित्ता शेयर कारोबार हुदा एक अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएको नेस्डो समृद्ध लघुवित्त र ग्रीन भेन्चरको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ ।

त्यस्तै आज कारोबारमा आएको दिव्यश्वरी हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ८.८२ प्रतिशतले घटेको छ भने कालिका लघुवित्तको शेयर मुल्य ३.६४ प्रतिशतले घटेको छ ।

त्यस्तै आज कारोबारमा आएका सबै उपसूचकको शेयर मुल्य बढेको छ । आज सबै भन्दा बढी अन्य उपसूचकको मुल्य १.०९ प्रतिशतले बढेको छ भने होटलको १.०४ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा आज नविल बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको ६ करोड ३० लाखभन्दा बढीको शेयर किनबेच भएको छ । त्यसैगरी, हिमालयन डिष्टिलरीको ४ करोड ३५ लाखभन्दा बढीको शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?