काठमाडौँ, वैशाख ४ । जुम्लामा प्रहरीले चरेससहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला तातोपानी ५ का १९ वर्षीय टेकेन्द्र नेपाली र तिला ७ स्थायी वतन भई चन्दननाथ ५ राजासिम बस्ने ३२ वर्षीय हरिबहादुर रोकाया रहेको छ ।
अदालतबाट म्याद थप गरेर उनीहरूको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।




