काठमाडौँ, २ बैशाख । पछिल्लो २४ घण्टामा देशभर १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५५ जना कोरोनाबाट मुक्त भएका छन् । संक्रमितमध्ये ९ लाख ६६ हजार २५९ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । यस्तै हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।




