एसियन कप छनोटका लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु

`

     २०७९ वैशाख ०२ गते १२:२१

काठमाडौँ,२ बैशाख । एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबारबाट प्रशिक्षण सुरु गरेको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?