काठमाडौँ, ३० चैत्र । छात्रा माथि यौन दुर्व्यवहार गर्ने खोटाङका एक प्रधानाध्यापक पक्राउ परेका छन् ।
इन्द्रप्रसाद आचार्यले आफ्नै आफ्नै शिक्षालयमा अध्ययन गर्ने छात्राहरुलाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
सुरुमा नुनथलाबाट पुगेको प्रहरीले प्रधानान्यापक आचार्यलाई नियन्त्रणमा लिएको बताइएको छ । विभिन्न बहान बनाएर शिक्षालयमा अध्ययन गर्ने छात्राहरुमाथि यौन हिँसा तथा यौन जन्य गतिविधिहरु गर्ने गरेको आरोप विद्यार्थीहरुको छ ।




