काठमाडौँ, २९ चैत्र । नेपालमा थप २६ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३७ जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५५४ रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कुनै व्यक्तिको मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।




