सार्वजनिक बिदाको दिन सरकारी सवारी प्रयोग नगर्न प्रस्ताव

`

     २०७८ चैत्र २८ गते ५:४९

काठमाडौँ, २८ चैत । सरकारी प्रयोजनमा हुने पेट्रोलियम इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको बताएका छन् ।

अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रको संकट टार्न सार्वजनिक विदाको दिन सरकारी सवारी प्रयोग नगर्ने गरी प्रस्ताव गरेको बताए ।

सर्वसधारणलाई पनि यस्ता इन्धनको प्रयोग घटाउन प्रोत्साहित गर्ने उनले बताए । ‘हामीले गरेको प्रस्ताव मुख्यसचिव ज्युको समितिले अध्ययन गरिरहेको छ,’ उनले भने,’विप्रेषण आय बढाउने गरी वैदेशिक रोजगारीमा रहेकाहरुले लगानी गर्ने सञ्चित कोष बनाउने, आईपीओ र एफपीओमा कोटा दिने, रेमिट्यान्स कम्पनीलाई वालेट प्रयोग गर्न दिनेजस्ता प्रस्ताव गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?