नेप्सेमा दोहोरो अङ्कको गिरावट

`

     २०७८ चैत्र २८ गते ३:३२

काठमाडौँ, २८ चैत्र । सोमबार नेप्सेमा ४४.६४ अंकले गिरावट आएर २४१९.७१ विन्दुमा पुगेको छ ।

नेप्से सूचकसँगै आज सेन्सेटिभ इण्डेक्स ९.३८ अंक, फ्लोट इण्डेक्स २.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३१ अंकले घटेका छन् ।

आज २३३ कम्पनीको ४० हजार ५०७ कित्ता शेयर कारोबार हुदा २ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएको नेस्डो समृद्ध लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ भने जलपा सामुदायिक लघुवित्त, इमर्जिङ नेपाल लिमिटेड, राष्ट्र उत्थान लघुवित्तको शेयर मुल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

त्यस्तै आज कारोबारमा आएका सबै उपसूचकको शेयर मुल्य घटेको छ ।

कारोबार रकमका आधारमा आज नेपाल लाइफ इन्सुरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । त्यसैगरी, निफ्राको ७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?