काठमाडौँ, २८ चैत्र । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत गठबन्धनको सरकारले देशको अर्थतन्त्रलाई उठाउनै कठिन हुने गरी थला बसाएको बताएका छन् ।
उनले पाँच दलीय गठबन्धनसँग देश बनाउने भिजन, गन्तव्य र लक्ष्य नभएको समेत आरोप लगाए । उनले भने, ‘तर पनि उनीहरुकै ठूलो स्वर छ, ‘गठबन्धन गरेर एमालेलाई हराउँछौँ’ ।’
उनले भनेका छन्, ‘नेकपा (एमाले) ले भूकम्पले थिलथिलो भएको देशलाई उठायो । जनताका मुर्झाएका सपनालाई जगायो । विकास र समृद्धिको यात्रामा सिंगो देशलाई अघि बढायो । स्वाधीनता र स्वाभिमानको नयाँ यात्राको थालनी गर्दै गुमेको भूभाग समेटेर नयाँ नक्सा प्रकाशित गर्यो ।’




