काठमाडौँ, २७ चैत्र । नेपाल व्यवस्थापन संघले एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई म्यानेजर अफ द इयर २०२२ बाट सम्मान गरेको छ।
शनिबार काठमाडौंस्थित एक होटलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
सिइओ रोशन कुमार न्यौपानेको पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब रू ७३ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू २७४ अर्ब पुगेको छ। त्यस्तै, निक्षेप संकलन तर्फ पनि रू ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू ३०० अर्ब पुगेको छ। साथै बैंकको प्रतिसेयर आम्दानीतर्फ करिब २ गुणाले वृद्धि भई रू ४१.४३ पुगेको छ।
।




