सरकारले सही नीति लिएर अघि बढ्न चाहेको भए अर्थतन्त्र सबल हुने थियो : पौडेल

`

     २०७८ चैत्र २७ गते १:४५

काठमाडौँ, २७ चैत । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमालेले सरकार छाडेपछि अर्थतन्त्र समस्यामा परेको बताएका छन् ।

‘नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेतृत्व गरेको सरकार छाड्दासम्म मुलुकको अर्थतन्त्र सृदृढ थियो, त्यसबेला मुद्रास्फीति ४ प्रतिशत भन्दा तल थियो, रेमिट्यान्स १० प्रतिशतले बढेको थियो’ उनले भने,’अहिले सबैतिर समस्या छन् ।’

पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले अर्थतन्त्र जोगाउन सार्थक र प्रभावकारी हस्तक्षेप जरुरी रहेको समेत बताए । यो सरकारले सहि नीति लिएर अघि बढ्न चाहेको भए अर्थतन्त्र सवल हुने उनले दावी गरे ।

आफूले ल्याएको बजेट लोकप्रिय भए पनि राजनीतिक कारणले नै प्रतिस्थापन बजेट ल्याएको उनले बताए । पूर्व सरकारले घोषणा गरेको योजनाहरूलाई निरन्तरता नदिएकोमा समेत उनले आक्रोश व्यक्त गरे । प्रतिस्थापन बजेटकै कारण अर्थतन्त्र संकटमा परेको उनले दावी गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?