नेप्सेमा ३५.६६ अङ्कको वृद्धि

`

     २०७८ चैत्र २४ गते ३:२६

काठमाडौँ, २४ चैत्र । निरन्तर घट्दै आएको नेप्से बिहीबार भन बढेको छ । नेप्से ३५.६६ अंकले बढेर २४६४ अंकमा कायम भएको छ ।

दिनभर आज कुल २ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ ।

सबै उपसमूह उकालो लागेका छन् । कुल १७४ कम्पनीको मूल्य बढ्दा १७ को घट्यो भने ४ को स्थिर रहृयो ।

बैंकिङ १८, विकास बैंक ७०, फाइनान्स २५, होटल तथा पर्यटन ३५, जलविद्युत ३०, जीवन बीमा २५८, उत्पादन ४७, लघुवित्त ६३, निर्जीवन बीमा १०९, अन्य ६८ र व्यापार उपसमूह ५९ अंकले बढे ।

हिमालय पावर पार्टनर र नेस्डो लघुवित्तको मूल्य १० प्रतिशतले बढ्यो । टेलिकमको मूल्य करिब ६ प्रतिशतले बढ्यो । राष्ट्रउत्थान लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.७ प्रतिशतले घट्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?