काठमाडौँ, २१ चैत्र । नेपालले त्रिकोणीय टी-२० सिरिजको फाइनलमा पपुवा न्युगिनीलाई १६९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १६८ रन बनाएको हो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ५४ रन बनाए । दिपेन्द्रले आफ्नो पाँचौं टी-२० अर्धशतक बनाएका थिए । त्यस्तै कुशल भुर्तेल २५, आसिफ सेख २९, रोहित पौडेल २, आरिफ सेख ० र दिलिपनाथ ० मा आउट भएका थिए ।
त्यस्तै आदील खानले १५ र करण केसीले १२ बलमा अविजित ३३ रन बनाएका थिए ।
त्यसैगरी पपुवा न्यूगिनीका बलर सेमो कामेयाले ३ विकेट लिएका थिए भने चाद सोपर, काबुआ मोरिया र रिले हेकुरेले एक एक विकेट लिएका थिए ।




