नेप्सेमा दोहोरो अङ्कको गिरावट

`

     २०७८ चैत्र २० गते ३:२३

काठमाडौँ, २० चैत्र । आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से ३०.८९ अंकले घटेर २५१३.४१ विन्दुमा पुगेको छ ।

आज २२५ कम्पनीको २८ हजार ११३ कित्ता शेयर कारोबार हुदा एक अर्ब ४६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

कारोबारमा आएको राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ भने इमर्जिंग नेपाल र नेस्डो लघुवित्तको शेयर मुल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

त्यस्तै आज कारोबारमा आएको युनाइटेड मार्दीको शेयर मुल्य सबै भन्दा बढी ५.०२ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी अन्य उपसूचकको मुल्य ३.१३ प्रतिशतले घटेको छ भने जीवन बीमाको १।५२ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सुर्य लाइफ इन्सुरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको ९७ लाखभन्दा बढीको शेयर किनबेच भएको छ । त्यसैगरी, सिद्धार्थ इन्सुरेन्सको ५० लाखभन्दा बढीको शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?