तामाकोसी नदीमा पौडी खेल्ने क्रममा युवक बेपत्ता

`

     २०७८ चैत्र १८ गते ३:२६

काठमाडौँ, १८ चैत्र । रामेछापको मन्थली नगरपालिका १ हाटेचौर नजिकै तामाकोसी नदीमा पौडी खेल्ने क्रममा शुक्रबार एक युवक वेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार वेपत्ता हुनेमा दोरम्बा शैलुङ गाउँपालिका २ दोरम्बाका १९ वर्षीय इशान विश्वकर्मा रहेका छन् । घटनापछि प्रहरी र स्थानीयहरूले उनको खोजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?