रुसको आफ्नै मुद्रा रुबलमा भुक्तानी नगर्ने देशलाई ग्यास नदिने

`

     २०७८ चैत्र १८ गते ८:०२

काठमाडौँ, १७ चैत्र । रुसले आज ९शुक्रबार० एउटा आदेश पारित गर्दै आज देखि आफ्नै मुद्रा रुबलमा भुक्तानी नगर्ने देशलाई ग्यास नदिने भएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको आदेश अनुसार ग्यास खरिद गर्न चाहनेहरुले आजदेखि रुसी बैंकमा खाता खोलेर रुबल जम्मा गर्नुपर्ने बिबिसीले जनाएको छ । रुसको यो नियमपछि ग्यास खरिद गर्ने युरोपेली देशहरुलाई निकै ठूलो असर पर्नेछ भने युद्धका कारण कमजोर बन्दै गएको रुसी मुद्रालाई राहत हुनेछ । यसले रुसी मुद्रा बलियो बन्ने तथा रुससँग डलर र युरोको सञ्चिती बढ्ने अनुमान छ ।

रुसी निणर्यको प्रतिक्रिया दिँदै जर्मनीले यसलाई ‘ब्ल्याकमेल’ अर्थात जालसाझी गरेको आरोप लगाएको छ । यस्तै फ्रान्सले रुसी ग्यास कटौती गर्दै जाने बताएको छ भने बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले रुबलमा ग्यास खरिद गर्नु सजिलो विषय नभएको भन्दै विकल्प खोजिने बताएको खबरमा उल्लेख छ ।

पूरै युरोपमा खपत हुने ग्यासमध्ये ४० प्रतिशत रुसबाट आयात हुने गरेको छ भने डिजल, पेट्रोल लगायतका तेलको ३० प्रतिशत माग पनि रुसले नै आपूर्ति गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?