फिफा वरीयता नेपालको १ स्थान खस्कियो, ब्राजिल पहिलो स्थानमा

`

     २०७८ चैत्र १७ गते ६:२६

काठमाडौँ, १७ चैत्र । हालै सार्वजनिक फिफा वरीयता पहिलो स्थानमा ब्राजिल उक्लिएको छ । साथै, नेपालको एक स्थान खस्किएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफा बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६८औं स्थानमा छ । यसअघि नेपाल वरीयताको १६७औं स्थानमा थियो ।

दक्षिण एसियामा १०६ स्थानमा रहेको भारत पहिलो, १५६ स्थानमा रहेको माल्दिभ्स दोस्रो स्थान पछि नेपाल १६८औं स्थानमा छ ।

वरीयताको शीर्ष स्थानमा भने ब्राजिल उक्लिएको छ भने यसअघि शीर्ष स्थानमा रहेको बेल्जियम दोस्रो स्थानमा झरेको छ । यस्तै, तेस्रो स्थानमा फ्रान्स, चौथोमा अर्जेन्टिना र पाँचौँ स्थानमा इङ्ल्यान्ड छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?