काठमाडौँ, १७ चैत्र । नेपालमा थप २५ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८९ जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ८१ पुगेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।




