काठमाडौँ, ११ चैत्र । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि २४ खेलाडी बोलाइएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एएफसी एसिया कप छनोटका लागि २४ खेलाडी बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
नेपाली टोलीको बन्द प्रशिक्षण अप्रिल १५ बाट सुरु हुनेछ । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।
छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।




