दुई वटा गाडीमा आगजनी

`

     २०७८ चैत्र १७ गते १०:२८

काठमाडौँ, १७ चैत्र । म्याग्दीको बेनी नगरपालिका–६ डम्बरामा बिहीबार बिहान अन्दाजी ४ बजे पार्किङ गरी राखिएका दुई वटा गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ ।

बेनी–दरवाङ सडक खण्डको डम्बरामा सडक छेउमा पार्किङ गरी राखेका ध. १ ज. ९८६ नम्बरको भ्यान र ध. १ ज. ७२६ नम्बरको ट्याक्सीमा अज्ञात समूहले आगो लगाएको प्रहरीले जनाएको छ । यी दुवै गाडी बुधबार साँझ ७ बजे सोही स्थानमा ठोक्किएर दुर्घटनाग्रस्त भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ ७ बजे सडक छेउमा पाकिङमा रहेको ट्याक्सीलाई बेनीदेखि तातोपानीतर्फ जाँदै गरेको भ्यानले पछाडिबाट ठक्कर दिँदै अगाडि नालीमा खसेको थियो ।

दुर्घटनाग्रस्त गाडीलाई स्थानीयले नालीबाट झिकेर सडक किनारामा राखिदिएका थिए भने प्रहरीले चालकको मदिरा सेवन गरेरनगरेको परीक्षणगरी मानवीय क्षति नभएका कारण दुवै गाडीका धनीलाई मिलापत्र गराइ पठाएको थियो । चालक समेत रहेका दुवै गाडी धनी डम्बराकै स्थानीय हुन् । तर बिहीबार बिहान ४ बजे अज्ञात समूहले दुवै गाडीमा आगो लगाएको भेटिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?