आज नेपाल र पपुवा न्युगिनी खेल्दै, खेल साढे १२ बजे देखी सुरु हुने

`

     २०७८ चैत्र १७ गते ८:१३

काठमाडौँ, १७ चैत्र । नेपालमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत नेपालले आज पपुवा न्युगिनी सँग खेल्दै छ ।

साढे १२ बजे सुरु हुने खेलमा नेपाल जित निकाल्दै फाइनल गुग्न चाहन्छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराएर एक खेलअघि नै फाइनल पुग्न चाहन्छ ।

सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराउँदा दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल २ खेलबाट ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ । पीएनजीले दुई खेलमा अंक जोड्न सकेको छैन । पीएनजी पुछारमा छ । मलेसिया २ खेलमा २ जित र १ हारसँगै २ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?