काठमाडौँ, १४ चैत्र । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले टाइफाइड विरुद्धको खोप लगाउने भएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा।समिरकुमार अधिकारीका अनुसार देशभरि नै १ वर्ष ३ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने भएको हो ।
मन्त्रालयले अभिभावकलाई नजिकैको खोप केन्द्रमा गई सो खोप लगाउनका लागि आग्रह गरेको छ ।




