काठमाडौँ, ११ चैत्र । पछिल्लो २४ घण्टामा नेपालमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४३४२ जनामा गरिएको नमूना परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर १९६० जना सक्रिय संक्रमित पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २७१ जना निको भएको छ ।
पछिल्लो २४ घण्टामा कुनै व्यक्तिको मृत्यु भएको छैन ।




