पल शाहलाई धरौटी माग गरिएन,सिधै थुनामा पठाउन अदालतको आदेश

`

     २०७८ चैत्र १० गते ८:१२

काठमाडौं, चैत १० । तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई नाबालिग बलात्कारको अभियोगमा थुनामा पठाउने आदेश दिएको छ । अभियुक्त शाहलाई जिल्ला अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।

न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले बुधबार र बिहीबार भएको थुनछेक बहसपछि पललाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो । अदालतले तत्काल प्राप्त प्रमाणबाट आरोपी कसूरदार देखिएको भन्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । पललाई अदालतको आदेशबाटै जिल्ला कारागार तनहुँमा पुर्पक्षका लागि थुनामा पठाइएको छ । मतियारका रुपमा मुद्दा दायर गरिएका पल शाहका म्यानेजर कृष्ण जोशीसँग भने एक लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?