काठमाडौं, ४ फागुन। काठमाडौंको गोंगबु नयाँ बसपार्कक्षेत्रबाट अवैध कार्यमा संलग्न ५७ जनालाई नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका अनुसार प्रहरीले अवैध कार्यमा गएराति ५७ जनालाई प्रहरीले नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत सञ्चालित स्विप अपरेसनका क्रममा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका उनीहरु सनकाजी दर्जी,विनोद भट्टराई, विष्णु थापा, नरेन्द्र पोमु, अशोक पोमु, कमल काराखेतीललगायत छन्।

नियन्त्रणमा लिएका सानुकाजी भने जबरजस्ती करणीका फरार रहेका आरोपित रहेको बताइएको छ। पक्राउ परेका ५७ जनालाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ।




