नेप्सेमा १२.५४ अङ्कको वृद्धि

`

     २०७८ चैत्र ०८ गते ३:२१

काठमाडौँ, ८ चैत । साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२.५४ अंकले बढेर २६४७.२० अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.०६ अंकले बढेको छ । ‘क’ वर्गमा २५ वटा बैंक्सहित ३६ कम्पनीहरु रहेका छन् ।

दिनभर ३६ हजार ७७२ कारोबारबाट २३५ धितोपत्रका ५३ लाख २९ हजार ९९३ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?