कार्यालय प्रमुखसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा

`

     २०७८ चैत्र ०४ गते ४:१७

काठमाडौँ, ४ चैत्र । गण्डकी प्रदेशको पोखरास्थित यातायात व्यबस्था कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसमेत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएका अन्यमा तत्कालिन समयमा गण्डकी प्रदेश पोखराको यातायात व्यबस्था कार्यालयमा कार्यरत शाखा अधिकृत हरिप्रसाद गौतम, भरतराज काफ्ले, प्रेम प्रसाद श्रेष्ठ, डिल्लीराम बराल, कम्प्युटर अधिकृत होमनाथ शर्मा, कम्प्युटर अपरेटर झलक पौडेल, कम्प्युटर अपरेटर मोहनमणि सुवेदी र अधिकृतस्तर आठौं भरतमणि बराल रहेका छन् ।

सवारी चालक अनुमतिपत्रको परीक्षामा अनुत्तीर्णलाई उत्तीर्ण गराई उनीहरुले भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?