काठमाडौँ, ४ चैत्र । कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेबाट परीक्षा सञ्चालन गर्ने प्रस्ताव आए पनि आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १६ गतेदेखि संचालन गराउने निर्णय गरेको छ । आजको बैठकले आगामी जेठ १६ गतेदेखि परीक्षा संचालन गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
यसपटक पनि बोर्डले अनलाइन माध्यमबाट नै प्रश्नपत्र पठाउने भएको छ । अनलाइनबाट प्रश्नपत्र पठाएर तोकिएका परीक्षा केन्द्रमा नै परीक्षा संचालन गर्ने बोर्डको तयारी छ । गत दुई वर्ष कोभिडका कारण होमसेन्टरमा परीक्षा संचालन गरिएको थियो ।



