लीलेलाई हराउँदै चेल्सी युइएफए च्याम्पियनसिप लिगको क्वार्टर फाइनलमा

`

     २०७८ चैत्र ०३ गते १:४३

काठमाडौँ, ३ चैत्र । चेल्सीले फ्रेन्च क्लब लिलेलाई २-१ गोल अन्तरले हराउँदै चेल्सी युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ।

चेल्सीले पहिलो लिगमा लिलेलाई २-० गोल अन्तरले हराएको थियो।

दोस्रो लिगमा २-१ को नतिजा निकाल्ने क्रममा चेल्सीका लागि क्रिस्टियन पुलासिक र सेजार एपिलीक्यूएटाले एक एक गोल गरेका थिए। त्यसैगरी लिलेका लागि बुराक यिलमाजले एक गोल पेनाल्टीमार्फत गरेका थिए।

खेलमा सुरूआती अग्रता फ्रेन्च क्लबले लिएको थियो। खेलको ३८ औं मिनेटमा यिलमाजले पेनाल्टीमा गोल गरेका थिए। पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इङ्लिस क्लबले खेललाई बराबरीमा ल्यायो।

खेलको ७१ औं मिनेटमा एपिलीक्यूएटाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?