यस्तै वडा सचिव रौनियार कार्यरत रहेको अवधिमा एक लाख ३१ हजार ९० रुपैयाँ राजस्व चुहावट गरेको पुष्टि भएकोले त्यसको बिगो रकमको दोब्बर जरिवाना हुन तथा वडा सचिव सिंह कार्यरत ३२ हजार २३५ रुपैयाँ हिनामिना भएकाले बिगो रकमको दोब्बर जरिवाना हुनसमेत मागदाबी गरेको आयोगले जनाएको छ ।

" /> वडा अध्यक्षसहित ६ जनाले भ्रष्टाचार गरेको आरोपमा अदालतमा मुद्दा दायर - Sarbocha Media

वडा अध्यक्षसहित ६ जनाले भ्रष्टाचार गरेको आरोपमा अदालतमा मुद्दा दायर

`

     २०७८ चैत्र ०२ गते २:२९

काठमाडौँ, २ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा वडा अध्यक्षसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका वडा नं। १४ का वडाध्यक्ष भरत प्रसाद कुर्मीसहित विरुद्ध मुद्दा दायर गरिएको हो ।

वडाध्यक्ष कुर्मी र कार्यालय सहयोगी जितेन्द्र प्रसाद कुर्मीसहितको मिलेमतोमा वडा कार्यालयबाट प्रदान गरिने घरबाटो सिफारिस, चौहद्दी सिफारिसलगायतका सिफारिस राजश्व रकम हिनामिना गरेको पाएको छ । वडाध्यक्ष कुर्मी, वडा सचिव राज कुमार सिंह, तत्कालीन वडा सचिव अनामिका रौनियार, वडा सदस्यद्वय रफिक अंसारी, संजय कुमार पटेल र कार्यालय सहयोगी कुर्मीले एक लाख २ हजार ५८५ रुपैयाँ हिनामिना गरी राजस्व चुहावट गरेकोले उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

यस्तै वडा सचिव रौनियार कार्यरत रहेको अवधिमा एक लाख ३१ हजार ९० रुपैयाँ राजस्व चुहावट गरेको पुष्टि भएकोले त्यसको बिगो रकमको दोब्बर जरिवाना हुन तथा वडा सचिव सिंह कार्यरत ३२ हजार २३५ रुपैयाँ हिनामिना भएकाले बिगो रकमको दोब्बर जरिवाना हुनसमेत मागदाबी गरेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?