काठमाडौँ, १ चैत्र । नेपालमा क्रिप्टोकरेन्सी (भर्चुअल मुद्रा) अन्तर्गतका कुनै पनि वेबसाइटहरू नचल्ने भएका छन् ।
मंगलबार नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई पत्र लेख्दै यस्ता कुनै पनि डिजिटल मुद्रा कारोबार गर्ने तथा नेटवर्किङ व्यवसाय गर्ने वेबसाइटहरू तथा एपहरु बन्द गर्न निर्देशन दिएको हो ।
भर्चुअल मुद्रालाई पूर्ण निस्तेज गर्ने गरी अर्थमन्त्रालय मन्त्रिपरिषद्को निर्णय अनुसार यस्ता वेबसाइटहरु, एपहरु बन्द गर्न पत्र आए अनुसार प्राधिकरणले यस्तो निर्देशन गरिएको जनाएको छ ।




