काठमाडौँ, ३० फाल्गुन । एभरेष्ट पेरेन्ट्रल्स प्रा. लि. ले लार्ज भोल्युम पेरेन्ट्रल्स, स्मल भोल्युम पेरेन्ट्रल्स, आँखा र कानको ड्रपहरुको उत्पादनलाई एउटै छतमुनि ल्याएको छ । देशलाई इन्जेक्टेबल उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले कम मूल्यमा उच्च गुणस्तरको इन्जेक्टेबल उपलब्ध गराउने उद्देश्यले यस औषधि उद्योगको स्थापना भएको हो ।
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको छाता पिपरा, वार्ड नं -९ मा अवस्थित यस औषधि उद्योगले ठूलो आशा र सम्भावना बोकेको छ । रानासरिया ग्रुपका संस्थापक महेश रानासरियाको नेतृत्वमा नेपाललाई आत्मनिर्भर बनाई नेपालीहरु लाई सर्व सुलभ रूपमा उच्च गुणस्तरको औषधि उपलब्ध गराउने उदेश्यले सन् २०१५ मा स्थापना गरीएको हो ।
पहिलो चरणको कोभिड संक्रमण कालमा भी.टी.एम. किट को आवश्यक्ता पूर्ति गर्न यस प्रा. लि.ले सी. डि. सी. गाइडलाइन अनुसार देशको पहिलो भाइरस ट्रान्सपोर्ट मिडियम (भी.टी.एम) किट बनाएको थियो । प्लान्ट डब्ल्यु. एच. ओ.रजी.एम.पी. मापदण्ड को पालना गर्दै स्थापना गरिएको यस उद्योगले ८५,००० वर्ग फिट जग्गामा ७८,००० भन्दा बढी क्षेत्रमा यसको निर्माण भएको छ।
संस्थापक महेश रानासरिया र उहाँको टीमको अथक प्रयास पछी ‘एभरेष्ट पेरेन्ट्रल्स प्रा.लि.’ ले दर्जनों गुणस्तरिय उत्पादहरुको सथमा नेपाली औषधि बाजारमा एउटा अलग पहिचान दिएका छन् ।
यस उद्योगले नेपालमै पहिलो पटक यूरो हेडको अत्याधुनिक प्रविधि ल्याएको थियो । योे प्रविधिले संक्रमणको जोखिम जरैबाट उन्मुलन गर्ने उमङ्ग रानासरियाले बताए । उनि भन्छन ‘हुन् त यस प्रविधिको उपयोगले उत्पादको मूल्य अलि बढ्दो रहेछ, तर हाम्रो लागि यो व्यापार मात्र नभएर जिम्मेवारी र सेवा पनि रहेकोले हामी उच्च गुणवत्ता लाई सर्वोपरि राखेर अगाडि बढी रहेका छौं।’
सी.ई.ओ. रानासरियाले भन्छन, ‘निकट भविष्यमा हामी जुन औषधि अहिले अन्य राष्ट्र हरुबाट आयात गरिरहेका छौं, स्वदेशमा नै बनाएर र जुन बनी रहेको छ, त्यसको उत्पादन बढाएर परनिर्भरता न्यून गर्न सक्छौं र यसको आयातमा खर्च गर्नु पर्ने नेपाली मुद्रा पनि जोगाउन सक्छौं ।’
उनले भने, “देशमा आज रोजगारका पर्याप्त अवसर नभएकोले युवा हरु लाई रोजगारको लागि विदेश पलायन गर्न बाध्य बनाएको छ, देशका कर्णधार युवाहरुको पलायन निश्चित रूपमा चिन्ताको विषय र दुर्भाग्य पूर्ण रहेको छ।, एभरेष्ट पेरेन्टेरल्स प्रा.लि. ले २५० जना लाई प्रत्यक्ष रूपमा र हजारों लाई अप्रत्यक्ष रूपमा रोजगारको अवसर प्रदान गर्ने छ।”




