युक्रेन मुद्दामा अमेरिकाले विकृत सूचना फैलाएको चिनको आरोप

`

     २०७८ फाल्गुन ३० गते ८:४५

काठमाडौँ, ३० फाल्गुन । बेइजिङले सोमबार रोममा दुई देशका राजदूतहरू बीचको वार्ता अघि युक्रेन युद्धमा चीनको भूमिकाको बारेमा वाशिङ्टनले ‘विकृत सूचना’ फैलाएको आरोप लगाएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने ‘अमेरिकाले युक्रेन मुद्दामा चीनलाई लक्षित गरी गलत सूचना फैलाउँदै आएको छ ।’

यस अघि अमेरिकी मिडियाले रुसले चीनसँग हतियार र आर्थिक सहयोग मागेको विषय सार्बजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?