काठमाडौँ, २९ फागुन । महानगरीय प्रहरी परिसर काठमाडौंले जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेको छ ।
तारकेश्वर नगरपालिका-९ मनमैजुस्थित जगत डंगोलको घरभित्र जुवातास खेलिरहेकोट्ठूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा खूङ्गला गाउँपालिका-८ बागलुङ घर भई तारकेश्वर बस्दै आएका ३९ वर्षीय युवराज कडेंलसहि १० जना रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ९ हजार ७४५ रुपैयाँ र ३ थान तासबरामद गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार कारबाहि अघी बढाएको छ ।




