advertisement

वुहानबाट नेपाली नागरिकलाई लिएर नेपाल एयरलाइन्सको विमान आइतबार काठमाडौं आइपुग्नेछ । चीनबाट काठमाडौंमा फर्किएका नेपालीहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने बताइएको छ ।

" /> चीनकाे वुहानमा रहेका नेपाली ल्याउन वाइडबडी आज चीन जाँदै - Sarbocha Media

चीनकाे वुहानमा रहेका नेपाली ल्याउन वाइडबडी आज चीन जाँदै

`

     २०७६ फाल्गुन ०३ गते ४:२०

काठमाडौँ, ३ फागुन । नेपालीको उद्धारका लागि शनिबार नेपाल एयरलाइन्सको चार्टड विमान काठमाडौंबाट चीन जाने भएको छ ।

कोरोना भाइरसको उद्‍गमस्थल चीनको हुबेई प्रान्तको वुहान र आसपासमा रहेका नेपालीको उद्धार गर्न विमान आज जाने भएको छ । वुहान र आसपासका सहरमा गरी १८२ जना नेपाली रहेका छन् ।

शनिबार दिउँसो पौने तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाड उडेको विमान राति ९ बजे (चिनियाँ समय) वुहान तियाङहे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

advertisement

वुहानबाट नेपाली नागरिकलाई लिएर नेपाल एयरलाइन्सको विमान आइतबार काठमाडौं आइपुग्नेछ । चीनबाट काठमाडौंमा फर्किएका नेपालीहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?